वृक्षारोपणमा प्यूठानी युवा आर्कषण प्यूठान जिल्लालाई टिमुर, तेजपात तथा श्रीखण्ड जस्ता बहुमुल्य र बहुउपयोगी प्रजातिको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सहित डिभिजन वन कार्यालय, प्युठानबाट आ.व. २०७५।०७६ र २०७६।०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादित टिमुर, तेजपात, किम्बु लगायत विभिन्न जातका करिब २५००० विरुवाहरु मिति २०७७।०३।१६ गते देखी बिजुवार सब डिभिजन वन कार्यालयको नर्सरीबाट वितरण सुरु गरिएको थियो । वितरणको सुरुवाती दिनमा नै स्थानिय जनता, वन उपभोक्ता समुह, विभिन्न कृषक समुह, सहकारी संस्थाहरुको अनपेक्षित उपस्थिति रहेको थियो । मुख्यतः किम्बु र टिमुरको माग अत्याधिक रहेको पाईनुका साथै नर्सरीमा मौजात विरुवाहरुले उपभोक्ताको माग समेत पुरा गर्न नसकिएको थियो । विरुवा वितरण कार्यमा उपस्थित भिडलाई नियन्त्रण गर्न वन कर्मचारीलाई हम्मे हम्मे परेको थियो । वितरणको पहिलो दिनमा स्थानिय जनता, सामुदायिक वन उपभोक्ता समुह, कबुलियति वन समुह, कृषक समुह तथा सहकारी सस्थाहरुलाई गरि करिब ९००० किम्बु, ६००० तेजपात, ५५०० टिमुर र १००० मसला, धुपी लगायतका विरुवाहरु वितरण भएको थियो । जिल्ला वाहिर रहेका युवा जनशक्ती विश्वमा देखा परिरहेको कोरोना माहामारीको कारण हाल जिल्ला भित्रिए सगै विगत लामो समय देखी खाली रहेका बाझो जग्गाको सदुपयोग गरि आयआजर्नका कार्यक्रम अगाडी बढाउन विभिन्न खालको जडिबुटी खेति विस्तार तथा पशुपालन व्यवसायको लागी डाले घास रोपणको लागी युवाहरु उत्साहित देखिन्थे । बिजुवार सब डिभिजन वन कार्यालय अन्र्तगतको कार्यक्षेत्र भित्र पर्ने माझकोट, जुम्रीकाडा, मल्लरानी गाउपालिका १, चुन्द्रीखोला लगायतका स्थानबाट विगतका वर्षहरु देखिनै प्युठान जिल्लाबाट टिमुर, दालचिनी, तेजपात, रिठ्ठा लगायतका जडिबुटीहरु करौडौको मात्रामा निर्यात हुने गरेको परिपेक्ष्यमा हाल जडिबुटी खेति विस्तारमा स्थानिय जनताको उत्साह देख्दा जिल्लाको अर्थतन्त्र तथा जिल्लाबासीको जिवनस्तर विकासको लागी जडिबुटी खेति कोसेढुगां सावित हुने कुरामा दुई मत देखिदैन । जडिबुटी खेति बिस्तारमा जनताको उत्साहजनक उपस्थिति देखिए सगैं संकलन पद्धति तथा प्रसोधनको लागी थप सोच्नुपर्ने देखिएको छ । जडिबुटीको कच्चा उत्पादन निकासी गर्नु भन्दा प्रसोधन गरी मुल्य अभिबृद्धि गर्न सकेमा स्थानिय किसानहरुको आर्थिक अवस्था सुधार्न थप टेवा पुग्ने देखिन्छ । जडिबुटी संकलन, भण्डारण तथा प्रशोधन केन्द्र स्थापनाको लागी डिभिजन वन कार्यालयले विभिन्न सहयोग तथा पहल गर्दै आएको सन्दर्भमा स्थानिय सरकारले समेत सो कुरालाई प्राथमिकता दिई कार्यक्रम अगाडी बढाउन सकेको खण्डमा डिभिजन वन कार्यालयको पहलले मुर्त रुप पाउने देखिन्छ ।

Leave a Reply