लुङ्गमा पर्यटकिय पूर्वाधार विकास

प्यूठान जिल्लाको उत्तरी भेगमा अवस्थित नौवहिनी गाउपालिका अन्तरगत रहेको लुङ्ग गाउले प्रसस्त पर्यटकिय सम्भावना बोकेको छ । सम्पूर्ण रिजालहरुको उद्धगम स्थल रुपमा परिचित लुङ्ग गाउ हाल पनि रिजालहरुको कुल पुजाको थलो रुपमा रहेको छ । सम्र्पूण रिजालहरुको आस्थाको थलोको रुपमा रहेको लुङ्ग गाउलाई पर्यटकिय गन्तव्यको विकास गर्न नौवहिनी गाउपालिका र स्थानीय जनताहरु समेत सक्रिय रुपमा लागि रहेको देखिन्छन । स्थानीय जनताहरुको पहलमा नौ बहिनी मष्टधामा पर्यटन विकास गुरुयोजना तयार गरि सोही गुरु योजनालाई आधार बनाई संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटबाट विभिन्न पर्यटकिय पूर्वाधार निर्माणको कार्य बढि रहेको देखिन्छ ।

लुङ्ग क्षेत्रको पौराणिक महत्व बोकेको पर्यटकीय गन्तव्य पौवा पखरा पोखरी क्षेत्रफल विस्तार गरि पूनः निर्माण गर्नको लागि नौवहिनी गाउपालिकाको पहलमा विष्णु बहादुर के.सी.को अध्यक्षतामा निर्माण समिती गठन गरिएको छ । निर्माण समितीले पौवा पखरा पोखरी पूनः निर्माण गर्नको लागि कुल लागत रु १४,०७,७६८/– लाग्ने गरि लगत इष्टिमेट तयार गरेको देखिन्छ । पोखरी पूनः निर्माण गर्नको लागि नौवहिनी गाउपालिकाले रु ८,५०,०००/–, डिभिजन वन कार्यालय प्यूठानबाट रु ४,००,०००/–  र जनश्रमदान १,५७,७६८ /– ब्यहोर्ने गरि त्रिपक्षिय सम्झौता भएको कुरा निर्माण समितीका अध्यक्ष विष्णु बहादुर के.सी.ले जानकारी दिनु भयो ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत राजु क्षेत्रीको नेतृत्वमा स.व.अ. दिपिका पाण्डे, स.व.अ. नविन यादव र ईन्जिनियर विमर्श पौडेल सहितको टोलीले २०७७ अषाढ १९ गते अनुगमन गर्दा निर्माण कार्य र्दुत गतिमा भैई रहेको देखियो । निर्माण कार्यको अनुगमनमा अध्यक्ष विष्णु बहादुर के.सी., सचिव बिष्णु बहादुर के.सी. र पूर्व गा.वि.स. अध्यक्ष तथा सल्लाहकार सूर्य बहादुर के.सी.को सक्रिय सहभागिता रहेको देखियो । पोखरी निर्माण कार्य गुणस्तरिय रहेको र निर्माण कार्य ८० प्रतिशत भन्दा बढि सकिएको देखिएको हुदाँ प्रथम चरणमा डिभिजन वन कार्यालय तर्फको भूक्तानी लिने र सम्पूर्ण कार्य सम्पन्न भए पछि नौवहिनी गाउ पािलकाबाट भूक्तानी दिन योजना रहेको निर्माण समितीका अध्यक्ष विष्णु बहादुर के.सी.बताउनु भयो । वास्तवमा नै पौवा पखरा पोखरी निर्माण सम्पन्न भए पछि सो पौराणीक आस्थाको संरक्षण हुनुका साथै सो क्षेत्रको पर्यटकीय आकर्ष बढने देखिन्छ ।

लुङ्गमा नै पर्यटन विकास गुरुयोजनाको प्रमुख पाटोको रुपमा रहेको नौवहिनी मष्टधाम मन्दिर निर्माण कार्य आ.व. २०७६/०७७ देखि शुरु भएको छ । आ.व. २०७६/०७७ मा रु. ४०,२८,०००/– क्षेत्रमा नै बरावरको कार्य सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडी बढि रहेको देखिन्छ । उक्त निर्माण कार्यको लागि डिभिजन वन कार्यालय प्यूठानबाट रु. १४,००,०००/–, नौ बहिनी गाउपालिका मार्फत सांसद विकास कोषबाट रु १०,००,०००/– र बाँकी रु १६,२८,०००/– नौ बहिनी गाउपालिकाबाट व्यहोर्ने गरि त्रिपक्षिय सम्झौता भएको निर्माण समितीका अध्यक्ष तिल विक्रम के.सी.ले जानकारी दिनुभयो । हाल सम्मको निर्माण कार्यको भुक्तानी डिभिजन वन कार्यालय र सांसद विकासको तर्फबात लिने योजना निर्माण समितीको रहेको देखिन्छ । वास्तवमा नै नौ बहिनी मष्ठधाम मन्दिर निर्माण सम्पन्न भए पछि सो धार्मिक तथा पौराणीक आस्थाको संरक्षण हुनुका साथै सो क्षेत्रमा धार्मिक पर्यटन वृद्धि हुने देखिन्छ ।

Leave a Reply