सामुदायिक तथा कवुलियती वन सम्वन्धी कर्मचारी अन्तरक्रिया कार्यक्रम

डिभिजन वन कार्यालय प्यूठानको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक तथा कवुलियती वन सम्वन्धी कर्मचारी अन्तरक्रिया कार्यक्रम २०७७ आषाढ १९ गते डिभिजन वन कार्यालय प्यूठानमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत श्री राजु क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा सवै सव डिभिजन वन कार्यालयका प्रमुखहरुले फिल्ड स्तरमा संचालन भएका सवै कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो । अन्तरक्रियाको शिलसिलामा वहाने सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नविन कुमार यादवले हालै निर्माण भई संचालनमा रहेको डिभिजन वन कार्यालय प्यूठानको वेव साईटमा राखिएका विषय वस्तुहरुको जानकारी दिइ वेव साईट सञ्चालन तथा वेव साईटमा डाटा अपलोड कसरी गर्ने भन्ने वारे सहजिकरण गर्नु भएको थियो । हाल फिल्ड स्तरमा वृक्षारोपण कार्यक्रम व्यापक रुपमा संचालन भै रहेको र सम्पन्न भएका सवै कार्यक्रमहरुको डिभिजन वन कार्यालयवाट अनुगमन गर्ने निर्णय भएको थियो । लकडाउनको समयमा पनि फिल्ड स्तरमा अहोरात्र खटि कार्यालयको प्रगति गर्ने सवै कर्मचारीहरुलाई डिभिजनल वन अधिकृत ज्यू वाट धन्यवाद प्रकट गर्नु भएको थियो ।

Leave a Reply