राष्ट्रिय वृक्षारोण दिवस २०७७

राष्ट्रिय वृक्षारोपण दिवसको शुभअवसरमा नेपाली सेना इन्द्रध्वज गणका सक्रियता तथा डिभिजन वन कार्यालय प्यूठानको आयोजनामा मिति २०७७ अषाढ १६ गते स्वर्गद्धारी मन्दिर परिषरको हाताभित्र निर्माधिन शान्ती बाटिकामा धार्मिक महत्व भएका सौन्दर्यमूलक रुद्राक्ष, सुनधुपी, कल्की, कपुर लगायत विभिन्न प्रजातीका ८४० विरुवा रोपण कार्य सम्पन्न भएको छ । शान्ती बाटीका निर्माणको लागि विस्तृत परियोजना तयारी तथा निर्माण कार्यको शुभारम्भ नेपाली सेनाबाट भएकोमा यस आ.व.२०७६/०७७ मा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ बाट डिभिजन वन कार्यालय प्यूठानलाई विनियोजित रकम मध्ये करिव ५० लाख समेत शान्तीबाटिकाका विभिन्न पूर्वाधारहरु निर्माण कार्यमा लगानी गरिएको छ ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत राजु क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र रोकाया र विशिष्ठ अतिथि गणपति अर्जुन विक्रम थापा रहनु भएको थियो । वृक्षारोपण कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख गोमा रेग्मी, वडा नं. २ का वडा अध्यक्ष मिनराज राना लगायत अन्य पदाधिकारीहरु, स्वर्गद्धारी आश्रमका गुरु बासुदेव भट्टराई लगायत अन्य गुरुहरु, स्थानीय जनता, निर्माण व्यवसायी र पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । अतिथितीहरुको स्वागत तथा कार्यक्रमको व्यवस्थापन सहसेनानी गणेश रायमाझीले गर्नु भएको थियो भने वृक्षारोपणको डिजाइन शान्तीबाटीको गुरुयोजनामा आधारित रहेर स्वार्गद्धारी सवडिभिजन वन कार्यालयका प्रमुख स.व.अ. हेमराज शाही र ईन्जिनियर विमार्श पौडेलले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन डिभिजन वन कार्यालयका रेञ्जर हरि पौडेलले गर्नु भएको थियो ।

Leave a Reply