नेपाल सरकारले २०६८ साल देखि अषाढ १५ गते वन महोत्सव आयोजना गरि वृक्षारोपण कार्यको शुभारम्भ गर्ने गर्दै आएकोमा २०७५ सालमा नेपाल सरकारले गरेको निर्णय अनुसार प्रत्येक वर्ष अषाढ १४ गते वृक्षारोण दिवस मनाउने गरिएको छ । यसै सन्धर्वमा प्यूठान जिल्लामा पनि राष्ट्रिय वृक्षारोपण दिवश कार्यक्रम मिति २०७७ अषाढ १४ मा सपन्न भएको छ । प्यूठान नगरपालिका वडा नंं ३ स्थित सशस्त्र वल प्यूठानको निर्माणाधिन गुल्म को हाता भित्र विभिन्न प्रजातिका करिव १५० वटा विरुवा रोपण गरी कार्यक्रम सम्पन्न गरिएको छ । प्यूठान नगरपालिकाका नगर प्रमुख अजुन कुमार कक्षपति ज्यू को अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्यूठान जिल्लावाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने माननिय सांसद दुर्गा पौडेल रहनु भएको थियो । प्रमुख अतिथि माननिय सांसद दुर्गा पौडेलले हाल विश्वव्यापी रुपमा पर्यावरणको अवस्था गम्भिर रहेकोले सवै सरोकारवालाहरुवाट वन क्षेत्रको सरक्षणमा योगदान पुर्याउन जोड दिनु हुदै वृक्षारोपण कार्यक्रम व्यापक रुपमा गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो भने डिभिजनल वन अधिकृत राजु क्षेत्रीले राष्ट्रिय वृक्षारोपण दिवस, यसको सुरुवात र महत्ववारे प्रकाश पार्नु हुदै आ.व. २०७६/०७७ मा डिभिजन वन कार्यालय मार्फत कागती ५० हजार, तेजपात ४० हजार, किम्बु ४० हजार, अलैची २० हजार, अमृसो ३० हजार र अन्य ६० हजार बिरुवा गरी करिव ३ लाख विरुवा यस वर्ष रोपण गर्ने योजना रहेको वताउनु भएको थियो । कार्यक्रममा समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य, उपप्रमुख पदम थापा, प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्य , जिल्ला न्यायधिश माननिय विष्णु प्रसाद गौतम, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघ अध्यक्ष लगायत प्रतिनिधिहरु, पत्रकार महासंघ अध्यक्ष लगायत प्रतिनिधीहरु सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।