संयक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (UNEP) ले हरेका वर्ष वातावरण दिवस आयोजना गर्दछ । यस दिवस विश्वका १०० भन्दा देशहरुमा मनाउने गरिन्छ । वातावरण दिवसको प्रमुख उद्धेश्य विश्वव्यापी रुपमा वातावरण संरक्षणको जनचेतना जोगाउनु र वातावरण संरक्षणका क्रियाकलापहरुको अभिवृद्धि गर्नु रहेको छ । यस वर्षको वातावरण दिवशको नारा UNEP ले ‘Time for Nature’ राखेको छ भने नेपाल सरकारले नाराको सारलाई मध्य नजर राख्दै “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने निर्धारण गरेको छ । यस वर्षको नाराले प्रकृतीको भूमिका पृथ्वीमा भएका जीव तथा मानव जीवनको जिवन्तताको लागि अत्यावश्यक संरचनाहरु उपलब्ध गराउन महत्वपूर्ण रहने कुरामा जोड दिईएको छ ।

सन १९७२ को संयुक्त राष्ट्रसंघको महासभा the Stockholm Conference on the Human Environment  को निर्णय अनुसार १९७४ बाट “Only One Earth”  भन्ने नारा सहित वातावरण दिवस मनाउने गरिएको हो । यसरी हेर्दा विश्व वातावरण दिवश मनाउन थालेको पनि ४७ वर्ष पुरा भएछ ।

वन तथा वातावरण मन्त्रालयले आज ११ बजे देखि १३ बजे सम्म “कोभिड १९ र जलवायु परिवर्तनका सन्दर्भमा वातावरण र जैविक विविधता संरक्षण विषयक वेविनार गर्यो भने डिभिजन वन कार्यालय प्यूठान आफ्नै कार्यालय परिषरको सरसफाई र परिषर भित्र वृक्षारोण गरि दिवस मनायौ ।

Plantation
Banner of WED 2020