स्वागतम

प्यूठान जिल्लको वन जंगल सम्बन्धमा कुनै पनि पौराणीक कथा तथा कुनै ऐतिहासिक लिखत नपाईएता पनि बुढापाकाको भनाई अनुसार आज भन्दा ८०÷९० वर्ष अगाडी यस जिल्लामा मान्छे बस्न नै डराउने घना जंगल थियो । यस जंगलमा भालु, चितुवा, कस्तुुरी, रतुुवा, व्वांसो लगायतका थरिथरिका चराचुरुङ्गीहरु प्रशस्त मात्रामा पाईन्थे ।

कृषी नै मुख्य पेशा भएको यस प्यूठान जिल्लामा २००७ साल अगाडी केही मात्रामा जंगलहरु फडानी गरी आवाद गरेको पाईन्छ । तर पनि जनघनत्व कमी नै रहेकोले वन जंगल प्रशस्त नै थियो । तसर्थ पशुपालनमा कुनै खास बाधा थिएन । त्यस बेला वन सम्बन्धी खास ऐन कानुनहरु थिएनन् र वन जंगलकोपूर्ण जिम्मेवारी तालुकदार,मुखिया, जिम्मुवालमा रहेको थियो । १/२ पैसा तिरे पछि आफ्ना नजिकका व्यक्ति विशेषलाई वनको जग्गा दिने प्रथा थियो । जसले गर्दा धेरै जसो जग्गा जमिन व्यक्ति विशेषको स्वावित्वमा गएको पाईन्छ ।

जनसंख्याको दु्रततर बृद्धि हुँदै गएपछि जीविकोपार्जनको लागि साधन र श्रोतहरु सिमित हुदै गए । बढ्दो जनसंख्यालाई खाना पु¥याउन धौ धौ हुन थाल्यो । कृषि उत्पादन बढाउनु पर्ने बाध्यताले तिरो तिरेको नाताले वन जंगल क्षेत्रकोे जग्गा पनि कृषि जग्गामा परिणत हुन थाले र बन जंगलको साविक अवस्थामा ह्रास हुँदै आयो । २००७ साल पछि औलो नियन्त्रण भएपछि यस जिल्लाका प्रमुख दुई नदीहरु झिमरुक र माडि खोलाको छेउछाउँको ठूलो वन जंगल कृषिको लागि मासिए । अहिले उक्त क्षेत्र कृषिको लागि उपर्युक्त क्षेत्र भएको छ । सुकुम्बासीहरु बाहिरबाट नआए पनि एउटै मान्छे कोट र बेसी गर्ने चलनले गर्दा डाँडा पाखा र बेसी सवै ठाउँमा मानिसहरु बसोबास गर्ने भएकोले सबै ठाँउमा उत्तीकै वन जंगलहरु मासिदै गए ।

मुख्य दायित्व

प्रवीण बिडारी

जिल्ला वन अधिकृत